Showing posts with label Class 11 Nepali. Show all posts
Showing posts with label Class 11 Nepali. Show all posts

Class 11 Compulsory Nepali NEB New Syllabus Complete Notes All Chapters

class-11-compulsory-nepali-new-syllabus-complete-exercise-notes-guide

Class 11 Compulsory Nepali NEB New Syllabus Complete Notes All Chapters Index

Class 11 Compulsory Nepali New Syllabus Complete NotesWelcome to your comprehensive guide on the Class 11 NEB Compulsory Nepali subject. This blog provides detailed notes, summaries, and highlights into the new syllabus, designed to help students excel in their studies. If you are looking for chapter-wise summaries, important questions, or grammatical explanations, this blog has everything that you need.

For students searching for class 11 NEB Nepali notes, this blog offers a full guide covering all necessary topics. You can download class 11 Nepali notes pdf for offline access, making sure that you have the resources you need anytime. The notes are updated to reflect the latest class 11 Nepali notes 2078 syllabus. Additionally, this blog serves as a class 11 Nepali guide, which provides detailed solutions to common problems encountered by students, making it an indispensable resource for class 11 Nepali solutions.

Overview of the Syllabus

The new syllabus for Class 11 Nepali has been carefully structured to enhance students' understanding of the language, literature, and cultural heritage of Nepal. It includes a variety of prose, poetry, essays, and grammar sections, ensuring a well-rounded linguistic education.


Key Components of the Syllabus

Prose (गद्य): The prose section contains stories, essays, and articles that reflect the cultural and social aspects of Nepal. It helps students develop critical thinking and analytical skills.

Poetry (कविता): This section includes poems from renowned Nepali poets. It aims to foster an appreciation for poetry and improve interpretative abilities.

Grammar (व्याकरण): A comprehensive grammar section is included to strengthen the foundational knowledge of the Nepali language, focusing on syntax, morphology, and phonology.

Essays and Articles (निबन्ध र लेख): This part encourages students to express their thoughts and opinions in a structured manner, enhancing their writing skills.

Detailed Notes and Summaries: Each chapter in the prose section is broken down into summaries, analyses, and key questions to help students grasp the core ideas and themes.

Poetry (कविता): The poetry section includes detailed analyses of each poem, highlighting the poet's intent and the literary techniques used.

Grammar (व्याकरण):  The grammar section is comprehensive, covering all essential rules and providing ample practice exercises to ensure mastery of the language.

Essays and Articles (निबन्ध र लेख): This section supports students in developing their essay and article writing skills, with examples and structured guidance.

Just click on the chapters to read the complete exercise:

Class 11 Nepali Complete Notes and Exercise १. वीर पुर्खा (कविता) सम्पुर्ण अभ्यास २. गाउँको माया (सामाजिक कथा) सम्पुर्ण अभ्यास ३. संस्कृतिको नयाँ यात्रा (आत्मपरक निबन्ध) सम्पुर्ण अभ्यास ४. योगमाया (राष्ट्रिय जीवनी) सम्पुर्ण अभ्यास ५. साथीलाई चिठी (चिठी) सम्पुर्ण अभ्यास ६. त्यो फेरि फर्कला ? (मनोवैज्ञानिक कथा) सम्पुर्ण अभ्यास ७. पर्यापर्यटनका सम्भावना र आयाम (वस्तुपरक निबन्ध) सम्पुर्ण अभ्यास ८. लौ आयो ताजा खबर (लघु नाटक) सम्पुर्ण अभ्यास ९. सफलताको कथा (रिपोर्ताजमूलक रचना) सम्पुर्ण अभ्यास १०. कृषिशालामा एक दिन (संवाद) सम्पुर्ण अभ्यास ११. रारा भ्रमण (दैनिकी) सम्पुर्ण अभ्यास १२. जलस्रोत र ऊर्जा (वक्तृता) सम्पुर्ण अभ्यास

The Class 11 Compulsory Nepali subject is important part of the curriculum that not only enhances language skills but also deepens the understanding of Nepalese culture and literature. With the right resources and study strategies, that you will find here, excelling in nepali subject can be a better  experience. Use this guide/ notes as your resource throughout the academic year to get success.

For more detailed notes, updates, and resources, keep following us.

पाठ १२: जलस्रोत र उर्जा (वक्तृता) | Jalashrot ra Urja Complete Exercise - Class 11 Nepali

 class-11-nepali-subject-notes

पाठ १२: जलस्रोत र उर्जा (वक्तृता) अभ्यास : प्रश्न उत्तर र व्याकरण (Jalashrot ra Urja Complete Exercise)

पाठ १२: जलस्रोत र उर्जा (वक्तृता) | सम्पूर्ण प्रश्न उत्तर र व्याकरण अभ्यास | कक्षा ११ नेपाली मार्गदर्शन | NEB Class 11 Nepali Notes

This post is helpful for NEB/ HSEB class 11 students who are searching for class 11 Nepali notes pdf to  study. This post deals with chapter 12 of class 11 Nepali book. This post answers most of the questions of chapter - 12 "Jalashrot ra Urja class 11 Nepali. " पाठ १२: जलस्रोत र उर्जा (वक्तृता) - (सम्पूर्ण अभ्यास)"

Class 11 new syllabus
Subject: Compulsory Nepali
Chapter: 12

Topic: Jalashrot ra Urja -
पाठ १२: जलस्रोत र उर्जा (वक्तृता)
 

पाठ १२: जलस्रोत र उर्जा (वक्तृता)

स्तर : वक्तृता

If you have missed these:

शब्दभण्डार

१. दिइएका शब्द र अर्थ मिलाउनुहोस्:

शब्द अर्थ
अथाह ज्यादै धेरै
नौका डुङ्गा
अलावा अतिरिक्त
अख्तियार नियम कानुनद्वारा दिइएको अधिकार
नित्य सधैँ
सर्वेक्षण कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरीक्षण
निकाय कुनै संस्था वा सदन

 

२. खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस्:

  • क) सम्पदाका
  • ख) हौस्याउने र अख्तियार
  • ग) नौका विहार
  • घ) चलायमान
  • ङ) जलस्रोतको

 

३. उल्टो अर्थ दिने शब्द पाठबाट खोजी लेख्नुहोस्:

शब्द उल्टो अर्थ
कृत्रिम प्राकृतिक
विपन्न सम्पन्न
प्राचीन आधुनिक
साँघुरो फराकिलो
आन्तरिक बाह्य
सङ्कुचन बिस्तार
कुरुप सुन्दर
सदुपयोग दुरुपयोग
व्यय आय
अटुट अटल
विष अमृत


४. तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस :

मञ्चासीन
मञ्चासीन अतिथिहरुले उद्घाटन कार्यक्रममा आफ्ना विचार व्यक्त गरे।

 

द्रुततर
सरकारले द्रुततर आर्थिक विकासका लागि विशेष योजना सार्वजनिक गर्‍यो।

 

सामर्थ्य
आफ्नो सामर्थ्य अनुसार मात्रै काम गर्नुपर्छ भन्ने सन्देश प्रेरणादायी छ।

 

खपत
देशमा उत्पादित वस्तुको खपत बढाउन बजार विस्तार गर्न आवश्यक छ।

 

पैनी
पैनी बनाएर सिँचाइ गर्नाले खेतीमा उत्पादन बढ्न सक्छ।

 

उर्वरा
उर्वरा भूमि भएको क्षेत्रमा खेती गर्न सजिलो हुन्छ।

 

अभियान
सरकारले शिक्षा सुधार अभियानको शुभारम्भ गरेको छ।

 

सङ्कट
प्राकृतिक विपत्तिका बेला सङ्कट व्यवस्थापन प्रमुख चुनौती हो।

 

गगनचुम्बी
सगरमाथाजस्ता गगनचुम्बी हिमालहरु हाम्रो देशको पहिचान हुन्।

 

अन्नामृत
तराई क्षेत्रका खेतबारीले अन्नामृत उत्पादन गरेर जनताको जीवन धानिरहेका छन्।

 

निर्यात
नेपालको चिया निर्यातले अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि बनाएको छ।

 

५. पदावली प्रयोग गरी अनुच्छेद लेख्नुहोस :

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण सानो देश हो। यहाँको अनुपम सुन्दरताले हरेक पर्यटकलाई आकर्षित गर्दछ। हिमाल, पहाड, तराई, खोलानाला, जङ्गल र वन्यजन्तुहरु यसलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउँछन्। देशोन्नतिको लागि यहाँका सेतो सुन (हिमाल), पानी (खोलानाला), कृषिजन्य उत्पादन र पर्यटन व्यवसायलाई प्राथमिकता दिनुपर्छ। फेवातालको फैलावट, रारातालको रमणीयता र गण्डकी नदीको गहिराइले हाम्रो प्राकृतिक सम्पदाको महत्त्व झल्काउँछ। नेपाललाई विश्वसामु परिचित गराउन हामीले देशको प्रगतिमा योगदान दिनुपर्छ। यसले मात्र हाम्रो देशलाई समृद्ध बनाउनेछ।

 

बोध र अभिव्यक्ति

१. `जलस्रोत र ऊर्जा´ पाठका प्रश्नहरूको उत्तर:

क) पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति दिएका छन्?
पहिलो वक्ताले आफ्नो विचारलाई छवटा अनुच्छेदमा प्रस्तुत गरेका छन् भने दोस्रो वक्ताले आठवटा अनुच्छेदमा आफ्नो विषयवस्तु समेटेका छन्।

 

ख) वक्तृता सञ्चालनको विधिलाई पाठमा कसरी उल्लेख गरिएको छ?
पाठमा वक्तृता सञ्चालनको विधि यसरी प्रस्तुत गरिएको छ: विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रमको अध्यक्ष तोकिएको छ। तीन जना शिक्षक निर्णायक, एक जना शिक्षक समय पालक, र एक जना विद्यार्थी उद्घोषकका रूपमा छन्। प्रतियोगी विद्यार्थीहरुलाई पालैपालो उद्घोषकले मञ्चमा बोलाएर आफ्ना विचार व्यक्त गर्न लगाइन्छ। अन्तमा निर्णायकहरुले निर्णय सुनाउँछन्, र अध्यक्षले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेर कार्यक्रम समापन हुन्छ।

 

ग) पहिलो वक्ताले जलस्रोतसम्बन्धी के के कुरा समेटेका छन्?
पहिलो वक्ताले जलस्रोतका विभिन्न पक्ष समेटेका छन्। यसमा हिमाल, समुन्द्र, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल, र वर्पादको उल्लेख गरेका छन्।

 

घ) दुवै वक्ताले आफ्नो वक्तृता कसरी समापन गरेका छन्?
पहिलो वक्ताले पानीलाई "सेतो सुन" का रूपमा व्याख्या गर्दै यसको सही सदुपयोगबाट नेपालको विकास सम्भव हुने बताएका छन्। दोस्रो वक्ताले भने जलस्रोतलाई सदुपयोग गर्न सके बेरोजगार समस्या समाधान हुने धारणा राख्दै आफ्नो वक्तृता समाप्त गरेका छन्।

 

ङ) नेपालमा उपलब्ध जलस्रोतहरु के के हुन्?
नेपालमा उपलब्ध प्रमुख जलस्रोतहरुमा हिमाल, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल, र वर्पाद समावेश छन्।

 

२. `नेपालमा जलस्रोतको… वातावरण तयार गर्नुपर्छ´ वक्तृताका प्रश्नहरूको उत्तर:

क) नेपाली जलराशिमा कति मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ?
नेपाली जलराशिबाट ८३ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने क्षमता रहेको छ।

 

ख) के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ?
देशले जलस्रोतको ५० प्रतिशत मात्र उपयोग गरेर विद्युत उत्पादन गर्न सके पनि आर्थिक समृद्धि सम्भव छ।

 

ग) विद्युतको खपत कसरी बढाउन सकिन्छ?
विद्युतको खपत बढाउन सरकारले जलविद्युतसँग सम्बन्धित उद्योग र कलकारखाना स्थापना गर्ने, घरायसी स्तरमा विद्युतको प्रयोगलाई प्रवर्द्धन गर्ने, र विदेशमा विद्युत निर्यात गर्ने वातावरण बनाउनुपर्छ।

 

घ) जलविद्युतीकरणका लागि नेपालको भूगोल किन उपयुक्त छ?
नेपालमा बार्षिक रूपमा हिउँ पग्लने प्रक्रिया, अथाह पानीको स्रोत, र भिरालो भौगोलिक बनोटका कारण जलविद्युतीकरणका लागि अत्यन्तै अनुकूल मानिन्छ।

 

३. दिइएको वक्तृताका प्रश्नहरूको उत्तर लेख्नुहोस :

क) जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी सम्भव छ?
दिगो विकासका लागि प्रभावकारी नीति, नियम, र योजना निर्माण गरी जलविद्युतसँग सम्बन्धित उद्योग तथा कलकारखाना खोल्नुपर्छ। घरेलु तथा व्यावसायिक रूपमा विद्युतको खपत बढाउनुपर्ने र उत्पादित विद्युतलाई विदेशमा निर्यात गर्न सक्ने वातावरण तयार गर्नुपर्छ।

 

ख) सिँचाइले राष्ट्रको अर्थतन्त्र निर्माणमा कस्तो भूमिका खेल्छ?
सिँचाइले भूमिमा उर्वराशक्ति बढाउने काम गर्छ। यसबाट प्रशस्त खाद्यान्न उत्पादन गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ। अत्यधिक उत्पादन भएका वस्तुहरु विदेश निर्यात गरी वैदेशिक मुद्रा आर्जन सम्भव छ। साथै, आधुनिक सिँचाइ प्रणालीले रोजगारीका अवसर सिर्जना गर्न सक्छ।

 

४. दुवै वक्ताहरुले प्रस्तुत गरेका सहायक बुँदाहरु लेख्नुहोस :

पहिलो वक्ताका सहायक तर्क:

  • नेपाली भूमिमा सिँचाइ सुविधा विस्तार गरेर अत्यधिक खाद्यान्न उत्पादन गर्न सकिन्छ।
  • समुन्द्रबाहेक जलस्रोतका सबै प्रकारका साधन नेपालमा छन्, जसको सही उपयोगले समृद्धि सम्भव छ।
  • नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने सम्भावना छ।

 

दोस्रो वक्ताका सहायक तर्क:

  • नेपालका स्वच्छ जलस्रोत विश्वबजारमा बेचे नेपाल सम्पन्न बन्न सक्छ।
  • सिँचाइको व्यवस्थाले कृषिक्षेत्रको उत्पादन वृद्धि गरेर अर्थतन्त्रलाई बलियो बनाउन सक्छ।
  • जलस्रोतको उपयोग गरेर कलकारखाना र उद्योग स्थापना गर्न सकिन्छ।

 

५. `जलस्रोत र ऊर्जा´ वक्तृतामा समेटिन बाँकी विषयहरु के के हुन् :

  • देशमा रहेका युवालाई रोजगारको अवसर प्रदान गर्न जलस्रोतको क्षेत्रमा नयाँ योजना र अनुसन्धानमा लगानी गर्नुपर्छ।
  • प्राकृतिक स्रोत र साधनको दीर्घकालीन उपयोगका लागि थप सरकारी नीतिहरु आवश्यक छन्।
  • जलस्रोत सम्बन्धी प्रविधिको विकास र यसको सञ्चालनमा दक्ष जनशक्ति उत्पादन गर्न विशेष योजना लागू गर्नुपर्

 

६. नेपालको जलस्रोतले समृद्धिको आधार कसरी तयार गर्छ?

नेपाल जलस्रोतको क्षेत्रमा विश्वमै अग्रणी राष्ट्र हो। यहाँ करिब ६ हजार नदी, झरना, र तालतलैया छन्, जसले ८३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना प्रदान गर्छ।


यदि यस जलस्रोतको ५० प्रतिशत मात्र उपयोग गर्न सकियो भने नेपालको आर्थिक उन्नतिको मार्ग खुल्छ। जलविद्युत उत्पादनबाट स्थानीय उद्योग तथा कलकारखानालाई सशक्त बनाउन सकिन्छ। उत्पादन गरिएको विद्युत निर्यात गरेर ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।


सिँचाइका लागि कुलो, पैनी, र नहर प्रणालीलाई प्रविधिमैत्री बनाएर कृषि उत्पादन वृद्धि गर्न सकिन्छ। यसले खाद्यान्नमा आत्मनिर्भरता, रोजगारी सिर्जना, र राजस्व वृद्धिमा सहयोग पुर्‍याउँछ।


नेपालको जलस्रोतलाई प्रभावकारी ढंगले उपयोग गर्न सके यो राष्ट्रको समृद्धिको आधार बन्नेछ।

 

०७. दिइएका गद्यांश पढेर सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:

क) संविधानलाई किन देशको मूल कानुन भनिएको हो?
संविधानले नागरिकका मौलिक अधिकार, सामाजिक तथा सांस्कृतिक अधिकार, र मानव अधिकारका आधारभूत मान्यतालाई संस्थागत गरी समावेश गर्ने भएकाले यसलाई देशको मूल कानुन भनिएको हो।

 

ख) सबैले कानुनको पालना नगर्दा के हुन्छ?
व्यक्ति, संस्था वा कुनै पनि समूहले कानुनको पालना नगरेमा सभ्य, अनुशासित, र समृद्ध समाज निर्माण असम्भव हुन्छ। कानुनको अनुपालन बिना शान्ति, सुव्यवस्था, र प्रगतिशील समाजको विकास सम्भव हुँदैन।

 

ग) अध्यादेशबाट निर्मित कानुन संसद बैठकबाट किन अनुमोदन गराउनुपर्छ?
संसदको अधिवेशन नभएको समयमा, राष्ट्रको आवश्यकताअनुसार अध्यादेशबाट कानुन निर्माण गर्न सकिन्छ। तर यसलाई कानुनी मान्यता दिनका लागि संसद बैठकमा अनुमोदन गराउन आवश्यक हुन्छ।

 

घ) सङ्घीय संसद´ र अध्यादेश´ को अर्थ लेख्नुहोस्:
  • सङ्घीय संसद: जनताद्वारा निर्वाचित राष्ट्रिय तथा प्रादेशिक अधिकारको सर्वोच्च कानुनी संस्था।
  • अध्यादेश: संसदको अधिवेशन नचलेको अवस्थामा विशेष परिस्थितिमा जारी गरिएको कानुन।

 

०८. दिइएको अनुच्छेद पढेर बुँदा टिपोट गर्नुहोस्:

  • नेपाललाई ६ हजारभन्दा बढी खोलानालाका कारण नदीनालाको देश भनिएको।
  • नेपालबाट १७० अर्ब क्युविक मिटर पानी गङ्गा नदी हुँदै बङ्गालको खाडीमा पुग्ने।
  • ठूलो मात्रामा पानी खेर जाने र माटो बगेर देशबाहिर जाने समस्या।
  • खेर गइरहेको जलसम्पदालाई सदुपयोग गरी राष्ट्रिय विकासमा लगाउनु पर्ने।
  • जलविद्युत् राष्ट्रको आर्थिक विकासका लागि महत्त्वपूर्ण साधन।
  • खनिज तेल, ग्यास, कोइला जस्ता अन्य ऊर्जाको प्रयोग गरेर पनि देश विकासमा योगदान दिन सकिने।

 

व्याकरण:

१. दिइएका वाक्यबाट उद्देश्य र विधेय भाग छुट्याउनुहोस्:


  • क) उद्देश्य: युवाशक्ति | विधेय: छन्
  • ख) उद्देश्य: जल | विधेय: हुन्छन्
  • ग) उद्देश्य: बेरोजगारहरू | विधेय: आउने छन्
  • घ) उद्देश्य: अन्य वक्ता | विधेय: राख्नुहुन्छ
  • ङ) उद्देश्य: प्रधानाध्यापक | विधेय: टुङ्ग्याउनुहुन्छ

 

२. दिइएका वाक्यबाट उद्देश्य, उद्देश्य विस्तार, विधेय, र विधेय विस्तार खण्ड छुट्याउनुहोस्:

क)
  • उद्देश्य: बहिनी
  • उद्देश्य विस्तार: उसकी
  • विधेय: बस्दिनन्
  • विधेय विस्तार: निर्वाचन समितिमा
ख)
  • उद्देश्य: ऊ
  • उद्देश्य विस्तार: धेरै दिनपछि मनलाई दरो पारी
  • विधेय: गई
  • विधेय विस्तार: आँगनतिर
ग)
  • उद्देश्य: मान्छे
  • उद्देश्य विस्तार: आज बिहान हिँडेको
  • विधेय: पुगेछ
  • विधेय विस्तार: छिटै नै दार्चुला
घ)
  • उद्देश्य: तिम्रो पहिरन
  • उद्देश्य विस्तार: गाउँमा
  • विधेय: देखिन्छ
  • विधेय विस्तार: गजबको

 

व्याकरण कोटि


१. दिइएको अनुच्छेदका वाक्यहरूको लिङ्ग परिवर्तन गर्नुहोस्:


मूल अनुच्छेद:
मेरी बहिनी विद्यालय गई। मेरो भाइ पनि विद्यालय गयो। बहिनी सरासर कक्षामा पसी। भाइ चाहिँ बाटामा साथीसँग कुराकानी गर्न थाल्यो। भान्जीले बाटोमै भाइलाई भेटिन्। बुबाले पनि भाइलाई बाटोमै भेट्नुभयो।

 

परिवर्तित अनुच्छेद:
मेरो भाइ विद्यालय गयो। मेरी बहिनी पनि विद्यालय गई। भाइ सरासर कक्षामा पस्यो। बहिनी चाहिँ बाटामा साथीसँग कुराकानी गर्न थालिन्। भान्जाले बाटोमै बहिनीलाई भेटे। आमाले पनि बहिनीलाई बाटोमै भेट्नुभयो।

 

२. दिइएका वाक्यलाई कोष्ठमा बताएअनुसार परिवर्तन गर्नुहोस्:


क) जेठो छोरो आउँदै छ। (स्त्रीलिङ्ग)
उत्तर: जेठी छोरी आउँदै छे।

 

ख) उसकी बहिनी घरमा बसेकी छे। (पुलिङ्ग)
उत्तर: उसको भाइ घरमा बसेको छ।

 

ग) तिम्रा छोराहरू असल छन्। (स्त्रीलिङ्ग)
उत्तर: तिम्री छोरीहरू असल छन्।

 

घ) सानी नानी पानी भर्छिन्। (पुलिङ्ग)
उत्तर: सानो बाबू पानी भर्छ।

 

३. दिइएको अनुच्छेदका वाक्यहरूको वचन परिवर्तन गर्नुहोस्:


मूल अनुच्छेद:
हामीले गाउँमा हाम्रा पुराना साथीहरू भेट्यौँ। मैले धेरैबेर कुरा गरेँ। साथीहरूले आफ्ना प्रगतिका कथा सुनाए। तिमीहरू पनि एकछिनमा आइपुग्यौ। उनीहरूले तिमीहरूलाई चिनेनन्। तिमीले उसलाई बिर्सिएछौ।

 

परिवर्तित अनुच्छेद (एकवचन):
मैले गाउँमा मेरो पुरानो साथी भेटेँ। मैले धेरैबेर कुरा गरेँ। साथीले आफ्नो प्रगतिका कथा सुनायो। तिमी पनि एकछिनमा आइपुग्यौ। उसले तिमीलाई चिनेन। तिमीले उसलाई बिर्सिएछौ।

 

४. दिइएका वाक्यलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:


क) सानो छोरो रोयो। (बहुवचन)
उत्तर: साना छोराहरू रोए।

 

ख) तिम्रा बहिनीहरू खेल्छन्। (एकवचन)
उत्तर: तिम्री बहिनी खेल्छिन्।

 

ग) त्यो फूल ओइलियो। (बहुवचन)
उत्तर: ती फूलहरू ओइलिए।

 

घ) असल मान्छेहरू नम्र हुन्छन्। (एकवचन)
उत्तर: असल मान्छे नम्र हुन्छ।

 

 

५. दिइएका वाक्यलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:


क) हामीले सर्प र बिच्छी देखेका छौँ। (तृतीय पुरुष)
उत्तर: उनीहरूले सर्प र बिच्छी देखेका छन्।

 

ख) हजुर किन हाँस्नुभयो? (प्रथम पुरुष)
उत्तर: म किन हाँसे?

 

ग) उहाँ राम्ररी बोल्नुहुन्छ। (प्रथम पुरुष)
उत्तर: म राम्ररी बोल्छु।

 

घ) हामी ज्यादै दु:खी छौँ। (द्वितीय र तृतीय पुरुष)
उत्तर:

  • तिमीहरू ज्यादै दु:खी छौ।
  • उनीहरू ज्यादै दु:खी छन्।

 

ङ) तिमीहरू होहल्ला गर्दै छौ। (तृतीय र प्रथम पुरुष)
उत्तर:

  • उनीहरू होहल्ला गर्दै छन्।
  • हामी होहल्ला गर्दै छौँ।

 

६. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:


क) तँ भात खान्छस्। (उच्च आदरार्थी)
उत्तर: हजुर भात खानुहुन्छ।

 

ख) हजुर कहिले फर्किनुहुन्छ? (सामान्य आदरार्थी)
उत्तर: तिमी कहिले फर्किन्छौ?

 

ग) तिमी सबैलाई चिन्छौ। (उच्च आदरार्थी)
उत्तर: हजुर सबैलाई चिन्नुहुन्छ।

 

घ) ऊ प्रथम हुन्छ। (मध्यम आदरार्थी)
उत्तर: उनी प्रथम हुन्छिन्।

 

ङ) धनीलाल गाउँमा बस्छ। (उच्च आदरार्थी)
उत्तर: धनीलाल गाउँमा बस्नुहुन्छ।

 

७. करण र अकरणको परिवर्तन:


मूल अनुच्छेद (करण):
उनीहरू प्रदर्शनीमा गएनन्। हामी चाहिँ गयौँ। तिमीहरू पनि गएछौ नि। उनीहरूले कुनै पनि स्थलहरूको भ्रमण गरेनछन्। हामी त त्यत्तिकै बसेनौँ। नयाँ-नयाँ कुराहरू देख्यौँ।

 

परिवर्तित अनुच्छेद (अकरण):
उनीहरू प्रदर्शनीमा गए। हामी चाहिँ गएनौँ। तिमीहरू पनि गइनौ। उनीहरूले स्थलहरूको भ्रमण गरे। हामी त त्यत्तिकै बस्यौँ। कुनै नयाँ कुरा देखेनौँ।

 

८. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस्:


क) उनीहरू धेरै राम्रा छन्। (अकरण)
उत्तर: उनीहरू कत्ति पनि राम्रा छैनन्।

 

ख) तिमी कहिल्यै नराम्रो बोल्दैनौ। (करण)
उत्तर: तिमी सधै राम्रो बोल्छौ।

 

ग) आज धेरै जाडो होला जस्तो छ। (अकरण)
उत्तर: आज कत्ति पनि जाडो होला जस्तो छैन।

 

घ) पानी परेन र जाडो भएन। (करण)
उत्तर: पानी पर्‍यो र जाडो भयो।

 

ङ) उसले चिनेको मान्छे बाटामा भेट्यो। (अकरण)
उत्तर: उसले चिनेको मान्छे बाटामा भेटेन।

 

९. काल, पक्ष, भाव, वाच्य, र प्रेरणार्थ परिवर्तन:


क) म घरमै बस्छु। (सामान्य भूत)
उत्तर: म घरमै बसेँ।

 

ख) हामी चिठी लेख्छौँ। (अपूर्ण भूत)
उत्तर: हामी चिठी लेख्दै थियौँ।

 

ग) तँ त्यही बस्छस्। (पूर्ण भूत)
उत्तर: तँ त्यही बसेको थिइस्।

 

घ) तिमीहरू गृहकार्य गर्छौ। (अभ्यस्त भूत)
उत्तर: तिमीहरू गृहकार्य गर्थ्यौ।

 

ङ) तपाईं पोखरा जानुहुन्छ। (अज्ञात भूत)
उत्तर: तपाईं पोखरा जानुभएछ।

 

च) उनीहरू बजार गएछन्। (सामान्य वर्तमान)
उत्तर: उनीहरू बजार जान्छन्।

 

छ) तिमी सधैँ डुल्थ्यौ। (अपूर्ण वर्तमान)
उत्तर: तिमी सधैँ डुल्दै छौँ।

 

ज) नरेशले रुख ढाल्यो। (पूर्ण वर्तमान)
उत्तर: नरेशले रुख ढालेको छ।

 

झ) तपाईं यहाँ आउनुभयो। (सामान्य भविष्य)
उत्तर: तपाईं यहाँ आउनुहुनेछ।

 

ञ) उनी गट्टा खेल्थिन्। (अपूर्ण भविष्य)
उत्तर: उनी गट्टा खेल्दै हुनेछिन्।

 

ट) सानी पाठ पढ्थिन्। (पूर्ण भविष्य)
उत्तर: सानीले पाठ पढेकी हुनेछिन्।

 

ठ) उनीहरू खेल खेल्छन्। (सम्भावनाअर्थ)
उत्तर: उनीहरू खेल खेल्लान्।

 

ड) तिमीहरू बजार गयौँ। (आज्ञार्थ)
उत्तर: तिमीहरू बजार जाओ।

 

ढ) तपाईं मिठाई खानुहोला। (अनुरोधार्थ)
उत्तर: तपाईं मिठाई खाइदिनुहोस्।

 

ण) तँ फुटबल खेल्छस्। (इच्छार्थ)
उत्तर: तैले फुटबल खेलेस्।

 

त) भाइहरू मेहनत गर्छन्। (प्रश्नार्थ)
उत्तर: भाइहरू मेहनत गर्छन्?

 

थ) मैले पर्यटकहरू देखे। (कर्मवाच्य)
उत्तर: मद्वारा पर्यटकहरू देखिए।

 

द) उनीहरू यतैतिर आऊन्। (भाववाच्य)
उत्तर: यतैतिर आइयोस्।

 

ध) उनीहरूले घर बनाएका छन्। (कर्मवाच्य)
उत्तर: उनीहरुद्वारा घर बनाइएको छ।

 

न) तिमी कथाहरू पढौला। (प्रेरणार्थ)
उत्तर: शिक्षकले तिमीलाई कथाहरू पढ्न लगाउलान्।


Download or preview Nepali Book pdf Class-11 NEB

Preview Nepali Book pdf Class-11 NEB

If you want to download the free pdf book of class 11 Nepali book, please click the button below.



Solution for: Jalashrot ra Urja Jalashrot ra Urja exercise Jalashrot ra Urja summary in Nepali Jalashrot ra Urja exercise pdf Jalashrot ra Urja nepali explanation Jalashrot ra Urja note Jalashrot ra Urja summary Jalashrot ra Urja ko mul bhab Jalashrot ra Urja in nepali Jalashrot ra Urja explanation Jalashrot ra Urja debate baktrita ko mul bhab

पाठ ११ : रारा भ्रमण (दैनिकी) | Rara Bhraman Complete Exercise - Class 11 Nepali

 class-11-nepali-subject-notes

पाठ ११ : रारा भ्रमण (दैनिकी) अभ्यास : प्रश्न उत्तर र व्याकरण (Rara Vraman Complete Exercise)

पाठ ११ : रारा भ्रमण (दैनिकी) | सम्पूर्ण प्रश्न उत्तर र व्याकरण अभ्यास | कक्षा ११ नेपाली मार्गदर्शन | NEB Class 11 Nepali Notes

This post is helpful for NEB/ HSEB class 11 students who are searching for class 11 Nepali notes pdf to study. This post deals with chapter 11 of class 11 Nepali book. This post answers most of the questions of chapter - 11 "Rara Bhraman class 11 Nepali. " पाठ ११ : रारा भ्रमण (दैनिकी) - (सम्पूर्ण अभ्यास)"

Class 11 new syllabus
Subject: Compulsory Nepali
Chapter: 8

Topic: Rara Bhraman -
पाठ ११ : रारा भ्रमण (दैनिकी)
 

पाठ ११ : रारा भ्रमण (दैनिकी)

स्तर : दैनिकी

If you have missed these:

शब्दभण्डार

१. दिइएका पदावली र अर्थको जोडा मिलाउनु होस् :

  • विविधतायुक्त वैभव: विभिन्नताले भरिएको सम्पत्ति
  • सञ्जीवनी बुटी: जीवन बचाउने औषधी
  • अवलोकन भ्रमण: दृश्य अवलोकन गर्न गरिने यात्रा
  • दिव्य अनुभूति: अलौकिक र विशेष अनुभव
  • शुक्ल पक्ष: कृष्णपक्ष पछिको उज्यालो पन्ध्र दिन
  • सदावहार वनस्पति: सधैं हरियालीयुक्त वनस्पति

 

२. दिइएका शब्दहरू प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :

पोखराबाट सुरु गरिएको हाम्रो यात्रा सिँजा उपत्यका हुँदै राराको अनुपम सौन्दर्य अवलोकन गर्ने उद्देश्यले सम्पन्न भयो। रारा राष्ट्रिय निकुञ्जको सदावहार वनस्पतिहरू र शीतल वातावरणले यात्रालाई थप विशेष बनायो। तालमा छचल्किरहेका लहरहरूको दृश्यावलोकन गर्दा, प्रकृतिप्रति हाम्रो प्रेम अझ प्रगाढ भयो। जीवनभर यो अनुभव हाम्रो मानसपटलमा अमिट रहने वाचा गर्दै हामी पोखरा फर्कियौं।

३. दिइएका प्राविधिक तथा पारिभाषिक शब्दको अर्थ खोजेर लेख्नुहोस् :

क) दृश्यावलोकन, अनुभूति, पिरती, कविता ( मानविकी ) 

  • दृश्यावलोकन: दृश्य वा स्थानलाई हेर्ने प्रक्रिया।
  • अनुभूति: विशेष भावनात्मक र मानसिक अनुभव।
  • पिरती: प्रेम वा आत्मीय सम्बन्ध।
  • कविता: भावनात्मक शब्दहरूको काव्यात्मक रचना।

 

ख) कच्ची, जिप, राजमार्ग, बसपार्क ( यातायात क्षेत्र )

  • कच्ची: पक्की नभएको, अस्थायी सडक वा संरचना।
  • जिप: यात्राका लागि प्रयोग गरिने हल्का, बलियो गाडी।
  • राजमार्ग: लामो दूरीको फराकिलो सडक।
  • बसपार्क: यात्रु बसहरू रोक्न वा छोड्न बनाइएको स्थान।

 

ग) उपत्यका, चट्टान, पर्वत, क्षेत्रफल, हिमाल ( भूगोल )

  • उपत्यका: पहाडी क्षेत्रभित्रको समथर भूभाग।
  • चट्टान: ठूला र कडा ढुंगाको संरचना।
  • पर्वत: उच्च पहाडी भूभाग।
  • क्षेत्रफल: कुनै स्थानको सम्पूर्ण फैलावट।
  • हिमाल: सधैं हिउँले ढाकिएका अग्ला पर्वतमाला।


घ) खस राज्य, बस्ती, शासक, कार्यालय ( प्रशासन ) 

  • खस राज्य: प्राचीन कालमा खस जातिले बसोबास गरेको राज्य।
  • बस्ती: मानिसहरूको बसोबास क्षेत्र।
  • शासक: शासन सञ्चालन गर्ने व्यक्ति।
  • कार्यालय: प्रशासनिक वा व्यवसायिक कार्यस्थल।

 

ङ) होटल, खानपान, रिसोर्ट, भ्रमण ( पर्यटन )

  • होटल: यात्रुहरूलाई खाना र आवास उपलब्ध गराउने स्थान।
  • खानपान: भोजन र पेय पदार्थको उपभोग।
  • रिसोर्ट: विश्राम र मनोरञ्जनका लागि बनाइएको सुविधा।
  • भ्रमण: घुमफिर गर्ने क्रियाकलाप।

 

च) निकुञ्ज, संरक्षण, सदावहार, वनस्पति ( वनविज्ञान )

  • निकुञ्ज: वन्यजन्तु र वनस्पतिका लागि सुरक्षित स्थान।
  • संरक्षण: प्राकृतिक स्रोतहरूको रक्षा।
  • सदावहार: सधैं हरियो रहने।
  • वनस्पति: बोटविरुवा।
 

४. दिइएका शब्दहरु कुन कुन विषयक्षेत्रसँग सम्बन्धित छन्, पहिचान गरेर लेख्नुहोस् :

क) मानवीय क्षेत्र
ख) कृषि तथा वन क्षेत्र
ग) इतिहास क्षेत्र
घ) प्रशासन क्षेत्र
ङ) कानून क्षेत्र
च) चिकित्सा क्षेत्र
छ) उत्तर; विज्ञान र प्रविधि क्षेत्र

५. दिइएका विषय क्षेत्रका आधारमा समूह बनाई हरेक क्षेत्रका दस दसओटा खोज्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस :

क ) शिक्षा

विद्यालय, पुस्तक, क्याम्पस, प्रधानाध्यापक, पुस्तकालय, प्रश्नपत्र, छात्रवृत्ति,निरीक्षक, उतीर्ण, केन्द्राध्यक्ष ।

ख) कृषि तथा वन क्षेत्र

अव्वल, दोयल, सिम, चहार, रोपाइँ, फडानी, छपान, वनपाले, सामुदायिक, वन, कुकाठ ।

ग) मानविकी र समाजिकशास्त्र

दृश्यावलोकन, अनुभूति, पिरती, कविता, विवाह, झैझगडा, जातजाति, धर्म, सापटी, मेलमिलाप ।

घ) व्यापार, वाणिज्य

नाफा, घाटा, आयव्यय, निक्षेप, निकासी, भौचर, पैठारी, विरेजु, राजस्व, तराजु ।

ङ) कानुनी तथा राजनीतिकशास्त्र

सचिव, मन्त्री, सरुवा, अध्यादेश, विद्येयक, जमानत, आन्दोलन, राजिनामा, सरजमिन ।

च) चिकित्सा

शल्यक्रिया, एक्सरे, अन्तरङ्ग, प्रशोधन, जीवानु, सरुवा रोग, महामारी, बहिरङ, कुपोषण ।

छ) विज्ञान तथा प्रविधि

विकिरण, विद्युतीकरण, तापक्रम, रकेट, वम, जोड, घटाउ, समीकरण,ऊर्जा, जीवकोश ।

ज) सञ्चार क्षेत्र

कम्प्युटर, रेडियो, इमेल, ईन्टरनेट, म्यासेन्जर, समाचार, सूचना, प्रविधि,पत्रमित्रता, संवाददाता ।

झ) जनप्रशासन

सचिव, अधिकृत, सरुवा, बढुवा, टिप्पणी, फिराद पत्र, मन्त्री खरिदार, सुब्बा, हाकिम ।

ञ) इन्जिनियरिङ

झोलुङ्गे पुल, आकासे पुल, कच्ची बाटो, पक्की घर, लम्बाइ ।

 

१. पाठका आधारमा उत्तर लेख्नुहोस 

क) दैनिकीलाई कस्तो ढाँचामा प्रस्तुत गरिएको छ?
दैनिकीलाई यात्रावर्णनको विशेष ढाँचामा तयार पारिएको छ, जसले घटनाक्रमलाई चरणबद्ध रूपमा प्रस्तुत गर्दछ।

 

ख) दैनिकीमा प्रयोग भएको सबैभन्दा ठूलो र सानो अनुच्छेद कुन हुन्?
दैनिकीको सबैभन्दा ठूलो अनुच्छेद उन्नाइसौं (१९ औं) छ भने सबैभन्दा सानो अनुच्छेद पच्चीसौं (२५ औं) छ।

 

ग) दैनिकीको सुरुदेखि अन्त्यसम्मका संरचनालाई जोड्ने आधार के हो?
दैनिकीको सुरुदेखि अन्त्यसम्म घटनाहरूले नै संरचनालाई जोड्ने आधारका रूपमा काम गरेका छन्।

 

घ) दैनिकीको दोस्रो दिनका घटनाहरूको सूची बनाउनुहोस्।
दैनिकीको दोस्रो दिनका घटनाहरू:

  • लामो समय जिपमा बसेर थाकेका कारण सूर्खेतको होटलमा आराम गर्नु।
  • भोलिपल्ट बिहान पाँच बजे सूर्खेतबाट राराको यात्राका लागि प्रस्थान गर्नु।
  • कर्णाली नदीको किनारैकिनार यात्रा गर्नु।
  • कालीकोट सदरमुकाम पार गरेर नाग्मगाढा हुँदै सिन्जा उपत्यका पुग्नु।
  • हरियालीले भरिएको सिन्जा उपत्यकाको दृश्य हेर्दै हिँड्नु।
  • सिन्जामा खाना खाएर यात्रालाई अगाडि बढाउनु।
  • रारा राष्ट्रिय निकुञ्जको चेकपोस्ट पार गर्दै राराको नजिकको रिसोर्टमा झोला राख्नु।
  • साँझ आगो तापेर बस्नु र राराको रात्रीकालीन दृश्यावलोकन गर्नु।
  • रिसोर्टमा चिया पिउँदै नाचगान हेर्नु।
  • तराईको गर्मीबाट आएका यात्रुहरूका लागि राराको चिसोले थप अनुभव दिनु।

 

२. "बिहानै मिर्मिरे ......जागिरहँदो रहेछ" को आधारमा उत्तर लेख्नुहोस 

क) रारा तालका बेताल लहरहरू कस्ता थिए?
रारा तालका बेताल लहरहरू बैसले भरिएर छचल्किएका, अनि पर्यटकहरूसँग पिरती गाँस्न आतुर जस्ता देखिएका थिए।

 

ख) राराले शासकलाई पनि कसरी कवि बनाउन सक्दो रहेछ?
राराको प्राकृतिक सौन्दर्यले मानिसको भावनालाई यति गहिरो रूपमा छुन सक्छ कि कठोर शासकको मन पनि कोमल बनाएर कविको कल्पनाशक्तिमा डोर्याउन सक्छ।

 

ग) राराको सुन्दरतालाई किन जादु भनिएको हो?
राराको सुन्दरता हेर्दा पर्यटकहरूको दिन चोर्न सक्ने शक्ति भएकाले यसको मोहकतालाई जादु भनिएको हो।

 

घ) राराको प्राकृतिक सौन्दर्यको वर्णन कसरी गरिएको छ?
राराको प्राकृतिक सौन्दर्यलाई बैसले भरिएका बेताल लहरहरूको रूपमा वर्णन गरिएको छ, जसले पर्यटकहरूसँग पिरती गाँस्न आतुर जस्तो देखिन्छ। राराको जादुमय शक्ति, जसले हरेक आगन्तुकको मन जित्छ, यस सौन्दर्यको मुख्य विशेषता हो।

 

३. दैनिकी अंशका आधारमा प्रश्नोत्तर लेख्नुहोस 

क) सिँजा उपत्यकाको चिनारी दिनुहोस्।
सिँजा उपत्यका ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण स्थान हो। वरिपरिका रमणीय दृश्य र हिम नदीले सिँचाइ पुर्‍याउने खेतीयोग्य जमिनले यस क्षेत्रको महत्व झल्काउँछ। यो बाइसे खस राज्यको राजधानी तथा नेपाली भाषाको उद्गम स्थलका रूपमा प्रसिद्ध छ। तसर्थ, पवित्रता र खाद्यान्नको भण्डारका रूपमा चिनिने सिँजा उपत्यका ऐतिहासिक महत्त्व बोकेको स्थल हो।

 

ख) लेखकले सिँजादेखि रारासम्मको यात्रा कसरी पूरा गरे?
लेखकले सिँजादेखि रारासम्मको यात्रा मालिका बोता नजिकको चट्टान हुँदै चौथा भन्ने ठाउँमा पुगेर उकालो चढ्दै पूरा गरे। रारा राष्ट्रिय निकुञ्जको चेकपोस्ट पार गरेर पिनागाउँ पुग्दा, सल्लेरी जङ्गलको नजिकै गाडी रोकेर झोला बोकी करिब एक घण्टा पैदल हिँडेर रारा तालसम्म पुगेका हुन्।

 

४. उत्तर दिनुहोस् :

क) पाठका आधारमा राराको परिचय दिनुहोस्।
समुद्र सतहदेखि २८७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ अधिकतम पाँच किलोमिटर र चौडाइ ३.२ किलोमिटरसम्म फैलिएको छ। यो ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जसले यसको विशालता, उच्चता, र भव्यतालाई उजागर गर्दछ। चारैतिर सदाबहार वनस्पतिले भरिएका पहाडहरूले घेरेका कारण राराको पानी हरियो देखिन्छ। राराका लहरहरू बैँसले छचल्किएका र पिरती गाँस्न आतुर देखिन्छन्। यहाँको प्रत्येक जडीबुटीका जरालाई राराले अमृत प्रदान गरेको अनुभव गरिन्छ। प्राकृतिक सौन्दर्यले भरिएको यो ताल स्वर्गको टुक्राजस्तो अनुपम उपहारका रूपमा चित्रण गरिएको छ।

 

ख) दैनिकी लेखकले पहिलो दिनको यात्रा कसरी पूरा गरे?
लेखक बिहान साढे तीन बजे उठेर नित्यकर्म सकेपछि चार बजे पाँच जना साथीहरूसँग गुल्मी तल्ला फाँटबाट जिपमा राराको यात्रामा निस्किएका थिए। रुद्रावती नदी पार गर्दै मकुवा, चोरकाटे, उल्लीखोला, खैरेनी फाँट छिचोल्दै उनीहरूको टोली रुद्रवेणी हुँदै रिडी पुगे। त्यसपछि अर्गली, जोर्ते, लगुवा, हार्थोक हुँदै साढे सात बजे तानसेन पुगेर पकौडा, चुकाउनी र चिया खाएका थिए। नौ बजे बुटवल प्रस्थान गरेका लेखक साँझ चार बजे कोहलपुर पुगे। कोहलपुरबाट ७५ किलोमिटर यात्रा गरेपछि राति नौ बजे सुर्खेतको बसपार्कमा पुगे र त्यहाँको होटलमा बास बसे। यसरी लेखकले पहिलो दिनको यात्रा पूरा गरेका थिए।

 

ग) रारा पुगेर लेखक किन खुसी भए?
गुल्मीबाट रारासम्मको यात्रा गर्दा कर्णाली नदी किनार, अर्धकच्ची सडक, नागवेली घुम्तीहरू, रमणीय बस्तीहरू, सुन्दर उपत्यका, र सिँजा उपत्यकाका दृश्यहरूले लेखकलाई आनन्दित बनाए। चारैतिर सदाबहार वनस्पतिले घेरिएका डाँडाहरू र राराको हरियो पानीमा बैंसले छचल्किएका लहरहरूले लेखकको मन जिते। यी प्राकृतिक दृश्यहरू र राराको अद्भुत सौन्दर्यले लेखकलाई अत्यन्त खुसी बनायो।

 

घ) यस दैनिकीमा लेखकको कस्तो प्रकारको अनुभूति प्रस्तुत भएको छ?
लेखकले आफ्ना यात्राका अनुभवहरूलाई व्यक्तिगत दृष्टिकोणबाट प्रस्तुत गरेका छन्। उनले राराको सौन्दर्यलाई बैँसले छचल्किएका लहरहरूको रूपमा रोमाञ्चक शैलीमा वर्णन गरेका छन्। यात्राका क्रममा देखिएका कर्णाली नदी, अर्धकच्ची बाटो, सुन्दर फाँट, नागवेली सडक, र रमणीय उपत्यकाहरूले उनलाई आनन्दित बनाएको छ। राराको छालहरूसँग पिरती गाँस्न आएको अनुभूत गरेका उनले, स्वाभाविक दृश्यहरूसँग मानवीय भावना जोड्दै नेपाली हुनुको गौरव पनि महसुस गरेका छन्। रारा तालको छेउछाउको रमणीयताले उनको आत्मिक आनन्दलाई अझ प्रगाढ बनाएको छ।

 

५. यस दैनिकीमा प्रकृतिलाई कसरी मानवीकरण गरिएको छ, वर्णन गर्नुहोस् ।

कुनै निर्जीव वा गैर-मानव वस्तुलाई मानिसका जस्तै गुण र व्यवहारको रूपमा चित्रण गर्नु मानवीकरण हो। यस दैनिकीमा प्रकृतिलाई मानवीय गुण प्रदान गरिएको छ। उदाहरणका रूपमा, रुद्रावती नदीलाई काख दिने, रारासँग जम्काभेट हुने, सिँजालाई दंग पार्ने, आगाको तातो र राराको चिसोबीच द्वन्द्व हुने, राराका छालहरूले पिरती गाँस्न आउने, राराले दिल चोर्ने, पर्यटकसँग जिस्किने, रारामा घाम र जूनले पालो गरी पौडी खेल्ने, रारालाई वरिपरिका पहाड र जङ्गलले पहरा दिने आदि क्रियाकलाप उल्लेख छन्। यसरी, यस दैनिकीमा प्रकृतिका अवयवलाई मानिसजस्तै व्यवहार गर्ने र अनुभव गर्ने रूपमा प्रस्तुत गरिएको छ।

 

६. दैनिकी पढी मुख्य मुख्य घटना टिपोट गर्नुहोस् ।

दैनिकीका मुख्य घटनाहरू निम्न प्रकार छन्:

  • २०७७ जेठ २३ गते बिहान साढे तीन बजे उठ्नु।
  • लेखकसहित छ जना टोलीले गुल्मीबाट रारासम्मको यात्राका लागि जिप चढेर यात्रा सुरु गर्नु।
  • रिडी हुँदै पाल्पाको जोरधारामा पकौडा, चुकाउनी, र चिया खानु।
  • नौ बजे बुटवलबाट यात्रा जारी राखेर साँझ चार बजे कोहलपुर र राति नौ बजे सुर्खेत बसपार्कमा पुग्नु।
  • २०७७ जेठ २४ गते बिहान पाँच बजे सुर्खेतबाट यात्रा सुरु गर्दै कर्णाली नदी किनार हुँदै जितेगाढ पुग्नु।
  • कालिकोट सदरमुकाम पार गरेर सिँजाको रमणीय दृश्य हेर्दै खाना खाएर रारा राष्ट्रिय निकुञ्जको चेकपोस्ट हुँदै सल्लेरी जङ्गलमा गाडी रोक्नु।
  • राति रिसोर्टमा बास बस्नु।
  • २०७७ जेठ २५ गते बिहान पाँच बजे उठेर राराको सौन्दर्यको अवलोकन गर्नु।
  • राराको पाँच किलोमिटर क्षेत्र पैदल यात्रा गरी यसको १०.८ वर्ग किलोमिटर क्षेत्रफललाई हेरेर टोली आफ्नो गन्तव्यतर्फ फर्कनु।
 
७. तपाईं सहभागी भएको कुनै कार्यक्रमको वर्णन गर्दै एक दिनको दैनिकी तयार पार्नुहोस् ।

पोखरा तालचोक र फेवातालको भ्रमण

२०७९ चैत ५ गते, आइतवार

पोखराको फेवाताल घुम्ने योजना धेरै समयदेखि मेरो मनमा थियो। विद्यालयबाट बार्षिक भ्रमणको रूपमा यो यात्रा तय हुँदा म अत्यन्तै उत्साहित भएँ। साथीहरूसँग रमाइलो यात्रा गर्ने अवसर पाइने भएकाले बिहानै उठेर तयारी गरें।

 

हामी विद्यालयको बसमा तालचोक पुग्यौँ। बिहानको समय भएकाले तालचोक वरपरको वातावरण शान्त र ताजा थियो। पहिलो काम सबैले मिलेर खाना बनाउने ठाउँ व्यवस्थापन गर्‍यौँ। त्यहाँबाट फेवातालको दृश्य हेर्दा मनै लोभिने खालको थियो। पानीमा पोखरा शहर र वरिपरिका पहाडहरूको प्रतिबिम्बले झन् मनमोहक देखिन्थ्यो।

 

खाना तयार हुँदासम्म, हामीले त्यहाँको गुम्बा र वरपरको हरियाली क्षेत्र घुम्यौँ। करिब ११ बजे खाना खाइसकेपछि, फेवातालको डुङ्गा यात्रा गर्ने योजना बनायौँ। साथीहरूसँग एकै डुङ्गामा बसेर तालको बीचमा रहेको तालबाराही मन्दिर पुग्यौँ। तालको मध्यभागमा रहेको यो मन्दिरको दर्शनले हाम्रो यात्रा अझ विशेष बनायो।

 

त्यहाँबाट फर्केर हामीले वरपरको रमणीय स्थलहरूको अन्वेषण गर्‍यौँ। साहसिक साथीहरूले तालछेउमा प्याराग्लाइडिङको अभ्यास गरिरहेका दृश्य हेर्दा मेरो मन पनि उड्ने चाहनाले भरियो। तर, समयको अभावले त्यो दिन सम्भव भएन।

 

दिउँसो ३ बजेतिर, हामी सबैजना चिसो लस्सी पिउँदै र घाम ताप्दै फेवातालको किनारमा केही समय बस्यौँ। तालछेउको सौन्दर्यले मलाई प्रकृतिसँग अझ नजिक बनायो। साथीहरूसँग रमाइलो गर्दै र तस्बिर खिच्दै समय बिताउन पाउँदा आनन्दको अनुभूति भयो।

 

साँझतिर पोखराको प्रसिद्ध बजारमा केही घुमफिर गर्दै स्थानीय परिकार स्वाद लिएर हामी फर्कने तयारीमा लाग्यौँ। दिनभरको घुमघामले थकाइ लागे पनि मन पोखराको सुन्दरता र फेवातालको शीतलतामा हराइरहेको थियो। घर पुगेर पोखराको रमणीय यात्राको सम्झनामा निदाएँ। यो यात्रा मेरो लागि सधैँ सम्झनलायक रह्यो।

 

१०. दिइएको अनुच्छेद पढेर सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस 

क) मिथिला लोककलामा महिलाको कस्तो भूमिका छ?
मिथिला लोककलाको उत्पत्ति, संवर्द्धन, र संरक्षणमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ।

 

ख) अल्पना किन निर्माण गरिन्छ?
घरमा प्रवेश र निकासको शुभसाइतको प्रतीकका रूपमा अल्पना निर्माण गरिन्छ।

 

ग) मिथिला लोककलालाई कसरी वर्गीकरण गरिएको छ?
मिथिला लोककलालाई भित्तेचित्र, भूमिचित्र, पटचित्र, काष्ठचित्र, वास्तुचित्र, भाण्डचित्र, र व्यक्तिचित्र गरी वर्गीकरण गरिएको छ।

 

घ) माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस्।
माङ्गलिक: शुभ वा सौभाग्यसहितको।
द्योतक: उज्यालो पार्ने वा प्रकाश दिने।

 

११. दिइएको अनुच्छेदलाई चारओटा बुँदामा लेख्नुहोस् र त्यसको तृतीयांशमा सारांश लेख्नुहोस्।

बुँदाहरू:

  1. ऋष्यशृङ्ग ऋषिको तपस्यासँग सम्बन्धित भएर रेसुङ्गाको धार्मिक महत्त्व रहेको छ।
  2. ऋषिले पुत्रेष्ठी यज्ञ गराएर राजा दशरथलाई पुत्र प्रदान गराएका थिए।
  3. ऋषिको दर्शन गर्न जाँदा रामले वाण प्रहार गरी पानीको स्रोत उत्पन्न गरेका थिए।
  4. योगी नरहरिनाथले कोटीहोम गरी यस स्थानको पर्यटकीय र धार्मिक महत्त्व फैलाएका थिए।

 

सारांश:
रेसुङ्गा धार्मिक महत्त्वको स्थान हो, जसलाई ऋष्यशृङ्ग ऋषिको तपोभूमिको रूपमा चिनिन्छ। ऋषिले पुत्रेष्ठी यज्ञ गराएर राजा दशरथलाई पुत्र प्रदान गराएका थिए। रामले वाण प्रहार गरी पानीको स्रोत उत्पन्न गरेका थिए भने योगी नरहरिनाथको कोटीहोमपछि यस स्थानको धार्मिक र पर्यटकीय महत्त्व बढेको छ।

जम्मा शब्द सङ्ख्या: १३३
सारांश गर्नुपर्ने शब्द सङ्ख्या: ४४
सारांश गरिएको शब्द सङ्ख्या: ४५

 

व्याकरण

१. दिइएको अनुच्छेदबाट द्वित्व शब्द छानेर लेख्नुहोस्

द्वित्व शब्दहरू
ससाना
गाडीसाडी
आलीआली
सानासाना
ठुलाठुला
आआफ्ना
धनसन
खानासाना

 

२. दिइएका शब्दहरूबाट द्विरुक्त शब्द बनाउनुहोस्

शब्द द्विरुक्त शब्द
घर घरघर
बजार बजारसजार
साथी साथीसाथी
मान्छे मान्छेमान्छे
पानी पानीपानी
फूल फूलसुल
हिमाल हिमालसिमाल
चित्र चित्रमित्र
किताब किताबसिताब
गाडी गाडीसाडी
सामान सरसामान
गहना गरगहना
झगडा झै-झगडा
सापटी सरसापटी
झल्को झ-झल्को
ठूलो ठुलोठुलो
थर्को थथर्को
सर सरासर
बर बरबर
एक एकएक
चार चारचार
पैँचो ऐचोपैँचो
बानी आनीबानी
पैसा पैसापैसा
चिया चियासिया
तरकारी तरकारीसरकारी
फोन फोनसोन
बोली बोलीसोली
टेबल टेबलसेबल
कलेज कलेजसलेज
लुगा लुगासुगा
बजार बजारबजार

 

३. दिइएका द्विरुक्त शब्दहरूको समूहकरण र निर्माण प्रक्रिया देखाउनुहोस 

द्विरुक्त शब्द निर्माण प्रक्रिया
हातहात हात + हात
गर्गहना गहना + गहना
खोलाखोला खोला + खोला
सर्सल्लाह सल्लाह + सल्लाह
छोरीछोरी छोरी + छोरी
गोदगाद गोद + गोद
गाडिगाडी गाडी + गाडी
आनीबानी बानी + बानी
ससानो सानो + सानो
झझल्को झल्को + झल्को
दुधसुध दुध + दुध
चोरचार चोर + चोर

 

४. रारा भ्रमण बाट द्वित्व प्रक्रियामा बनेका शब्दहरूको विच्छेद देखाउनुहोस 

द्वित्व शब्द विच्छेद
किनारैकिनार किनार + किनार
हर्ल्याङहुर्लुङ हर्ल्याङ + हर्ल्याङ
आआफ्नो आफ्नो + आफ्नो
आलोपालो पालो + पालो
कुट्दाकुट्दै कुट्दै + कुट्दै
छचल्किनु छल्किनु + छल्किनु
सँगसँगै सँगै + सँगै
तलतल तल + तल
माथिमाथि माथि + माथि
फाट्टफुट्ट फाट्ट + फाट्ट

 

सन्धि

१. सन्धियुक्त शब्दहरू र सन्धि विच्छेद देखाउनुहोस 

शब्द सन्धि विच्छेद
नरेश नर + ईश
अत्याचार अति + आचार
सूर्योदय सूर्य + उदय
रुवाइ रु + आइ
कमाइ काम + आइ
निष्काम निष् + काम
दुराशय दुर् + आशय
मानवोचित मानव + उचित

 

२. दिइएका शब्दहरूको सन्धि विच्छेद गर्नुहोस 

शब्द सन्धि विच्छेद
पुस्तकालय पुस्तक + आलय
चन्द्रोदय चन्द्र + उदय
सूक्ति सूक्त + इ
नारीश्वर नारी + ईश्वर
आज्ञानुसार आज्ञा + अनुसार
देवर्षि देव + ऋषि
नरेन्द्र नर + इन्द्र
धीरेन्द्र धीर + इन्द्र
उल्लेख उत् + लेख
संवाद सम् + वाद
उद्बोध उत् + बोध
सङ्कीर्ण सम् + कीर्ण
सन्देश सम् + देश
दिगम्बर दिग + अम्बर
जगदीश जगत + ईश
उल्लास उत् + लास
सद्भावना सत् + भावना
सन्न्यास सत् + न्यास
यशोधरा यस + धरा
पुनर्कथन पुनर + कथन
मनोरञ्जन मन + अञ्जन
हतियार हात + इयार
ढकनी ढक + अनी
पन्यालो पानी + आलो
प्रेमर्षि प्रेम + ऋषि

 

३. अन्तिम दिनको दैनिकीबाट सन्धियुक्त शब्द र सन्धि विच्छेद गर्नुहोस 

शब्द सन्धि विच्छेद
मादक मद + अक
देखेर देख् + एर
ठडिएका ठाडो + एका
देखिने देख् + इने

 

Download or preview Nepali Book pdf Class-11 NEB

Preview Nepali Book pdf Class-11 NEB

If you want to download the free pdf book of class 11 Nepali book, please click the button below.


Solution for: Rara Bhraman Rara Bhraman exercise Rara Bhraman summary in Nepali Rara Bhraman exercise pdf Rara Bhraman nepali explanation Rara Bhraman note Rara Bhraman summary Rara Bhraman ko mul bhab Rara Bhraman in nepali Rara Bhraman explanation Rara Bhraman diary dainiki ko mul bhab

Powered by Google Blogger | VIP