NEB Class 12 Nepali Chapter 4 Byabasayik Patra (व्यवसायिक पत्र) Exercise Questions and Answers

Access complete exercise questions and answers of Class 12 Nepali Chapter 4 ‘Byabasayik Patra (व्यवसायिक पत्र)’ as per NEB new syllabus.

neb-class-12-nepali-chapter-4-byabasayik-patra-exercise-questions-answers

NEB Class 12 Nepali Chapter 4 Byabasayik Patra (व्यवसायिक पत्र) Exercise Questions and Answers

NEB Class 12 Nepali Chapter 4 Byabasayik Patra (व्यवसायिक पत्र) पाठले औपचारिक पत्र लेखन, उद्देश्य र भाषा प्रयोगको अभ्यास केन्द्रित रूपमा प्रस्तुत गर्दछ। यस अध्यायले विद्यार्थीलाई पेशागत वा आधिकारिक पत्र लेख्ने दक्षता विकास गर्न सहयोग पुर्‍याउँछ।

👉 Read NEB Class 12 Nepali All Chapter Notes

शब्दभण्डार

१. शब्द र अर्थको जोडा मिलाउनुहोस् ।

प्रबन्ध - बन्दोबस्त, चाँजोपाँजो
अवगत - जानेको वा बुझेको
दीर्घकालीन - लामो समय
सङ्कलित - बटुलिएको
वितरण - बाँडफाँड
सहकार्य - दुई वा दुईभन्दा बढी व्यक्ति वा संस्थाले मिलेर गरिने काम
प्रस्ताव - कुनै कामको आरम्भ वा सम्पादनका लागि प्रस्तुत गरिएको विचार
यथाशीघ्र - जतिसक्दो चाँडो

२. दिइएका शब्दको विपरीतार्थक शब्द लेख्नुहोस् :

हार - जित
दाहिने - देब्रे
रुनु - हाँस्नु
आफ्नो - अर्काको
दिन - रात
आय - व्यय
सक्कली - नक्कली
निराशा - आशा
प्रतिकूल - अनुकूल
जस - अपजस
प्रेम - घृणा
आकर्षण - विकर्षण
जटिल - सरल
सबल - दुबर्ल
सापेक्ष - निरपेक्ष
हर्ष - विस्मात्
सपना - विपना
अनावश्यक - आवश्यक

३. तलका शब्दको लघुतावाचक शब्द लेख्नुहोस् :

(क)
किरो - किरी
कोदालो - कोदाली
गाग्रो - गाग्री
चिम्टा - चिम्टी
चरो - चरी
थाल - थाली
ठेको - ठेकी
पुस्तक - पुस्तिका, पाना

(ख)
रोटी - टुक्रा
सुन्तला - केस्रो
भात - सिता
पराल - त्यान्द्रो
पानी - थोपा
फूल - पत्र वा दल
केरा - कोसो

बोध र अभिव्यक्ति

१. पाठका आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) व्यावसायिक पत्रमा प्रेषकको विवरण कहाँ लेखिन्छ?
उत्तर: व्यावसायिक पत्रको सबैभन्दा माथि प्रेषकको कम्पनी, कार्यालय वा व्यावसायिक संस्थाको नाम र ठेगाना लेखिन्छ।

(ख) पत्रमा चलानी नम्बर र पत्र सङ्ख्या कहाँ राखिन्छ?
उत्तर: पत्र सङ्ख्या र चलानी नम्बर प्रेषकको कार्यालयको नाम र ठेगानाभन्दा तल, देब्रेपट्टि मितिभन्दा एक लाइन तल लेखिन्छ।

(ग) व्यावसायिक पत्रमा मिति कहाँ लेखिन्छ?
उत्तर: मिति प्रेषकको नाम र ठेगानाभन्दा एक लाइन तल, दाहिनेपट्टि लेखिन्छ।

(घ) पत्रमा सम्बोधन र विषयको क्रम कस्तो हुन्छ?
उत्तर: पत्रको देब्रेपट्टि सम्बोधन लेखिन्छ र त्यसपछि केन्द्रमा विषय राखिन्छ।

२. पाठमा उल्लेख भएअनुसार ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी कोहलपुर, बाँकेले कर्नाली उत्पादन तथा वितरण केन्द्र चिसापानी, कैलालीलाई मिति २०७७/१२/२५ मा लेखेको पत्र कस्तो हुनसक्छ, अनुमान गरी लेख्नुहोस् ।

सुदूर उपभोग्य वस्तु वितरण कम्पनी
सप्तरी, नेपाल

मिति: २०७८/०५/१५
प.स.: ०७८/०७९
च.नं.: ८५/०७८

श्रीमान् प्रबन्ध निर्देशक
पूर्वी उत्पादन तथा वितरण केन्द्र
धरान, विराटनगर

विषय: सहकार्य र आपूर्ति सम्बन्धमा।

महोदय,
उपर्युक्त विषयमा यस कम्पनीले विगत चार वर्षदेखि विभिन्न उपभोग्य वस्तुहरू सङ्कलन गरी छरितो र प्रभावकारी रूपमा वितरण गर्दै आएको जानकारी दिन चाहन्छ। उपभोक्ताको माग बढ्दै गएकाले, हाम्रो कम्पनी इच्छुक छ कि दुई कम्पनीबीच व्यापारिक सहकार्य स्थापित होस्। आवश्यक वस्तुहरूको सूची र मूल्य विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु।

भवदीय,
………………
सुमित्रा थापा
कम्पनी प्रमुख

खामको नमुना:

प्रेषक:
सुदूर उपभोग्य वस्तु वितरण कम्पनी
सप्तरी, नेपाल

प्रापक:
श्रीमान् प्रबन्ध निर्देशक
पूर्वी उत्पादन तथा वितरण केन्द्र
धरान, विराटनगर

३. हालसालै प्रकाशित पुस्तक पठाइदिन भनी तपाईंको घरनजिकै रहेको पुस्तक पसलले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।

सिद्धार्थ पुस्तक पसल
बिरगंज-१०, पर्सा
मध्यमाञ्चल, नेपाल

मिति: २०७८/०३/२०
प.स.: ०७८/०७९
च.नं.: ९०/०७८

श्रीमान् प्रबन्ध निर्देशक
नेपाल साहित्य प्रतिष्ठान
ललितपुर, नेपाल

विषय: सन्दर्भ पुस्तकहरू उपलब्ध गराइदिने सम्बन्धमा।

महोदय,
उपर्युक्त विषयमा यस पसलले विगत दशकदेखि प्रतिष्ठानका पुस्तकहरू बिक्री वितरण गर्दै आएको जानकारी दिन चाहन्छ। पाठक माग अनुसार हालसालै प्रकाशित पुस्तकहरू यथाशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध छ।

माग गरिएको पुस्तकहरू:

  • नेपालको इतिहास र संस्कृति – ५० थान

  • आधुनिक नेपाली कविता संग्रह – ५० थान

  • महिला सशक्तिकरणका कथा – ५० थान

  • नेपाली लोककथा संग्रह – ५० थान

  • हिमालयका कथा – ५० थान

भुक्तानीको लागि नेपाल बैंक खाता नं. १०००००००००८८८ मा रू. २५,००० जम्मा गरिएको भौचर पत्रसँग संलग्न गरिएको छ। बाँकी रकम पुस्तक प्राप्त भएपछि भुक्तानी गरिनेछ।

भवदीय,
………………
अशोक क्षेत्री

खामको नमुना:

प्रेषक:
सिद्धार्थ पुस्तक पसल
बिरगंज-१०, पर्सा, मध्यमाञ्चल, नेपाल

प्रापक:
श्रीमान् प्रबन्ध निर्देशक
नेपाल साहित्य प्रतिष्ठान
ललितपुर, नेपाल

४. दिइएको चिठी पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्

(क) गाउँमा के सुरू भएको छ?
गाउँमा आधुनिक कृषि अभ्यास र व्यावसायिक खेतीको अभियान सुरू भएको छ।

(ख) रामकृष्ण काकाले कसरी आम्दानी गर्नुभयो?
रामकृष्ण काकाले पोल्ट्री पालन र तरकारी खेती गरेर आम्दानी गर्नुभयो।

(ग) महामारीपछि गाउँमा कस्तो परिवर्तन आएको छ?
महामारीपछि गाउँ फर्किएका युवाहरूले कृषिमा आधुनिक उपकरणको प्रयोग गरी उत्पादन वृद्धि, व्यावसायीकरण र नयाँ कृषि प्रविधि अपनाएका छन्। यसले गाउँको समग्र आर्थिक विकासलाई गति दिएको छ।

(घ) कृषिमा आधुनिकीकरण र व्यावसायीकरण भनेको के हो, स्पष्ट पार्नुहोस्।
आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी कृषिलाई मुख्य पेशा र लाभमुखी व्यवसायको रूपमा विस्तार गर्नु नै कृषिमा आधुनिकीकरण र व्यावसायीकरण हो।

(ङ) माथिको चिठीको प्रापक र प्रेषकको नाम ठेगाना अनुमान गरी खामको नमुना बनाउनुहोस्।

खामको नमुना

प्रेषक:
सुमित्रा अधिकारी
धनकुटा, प्रदेश नं. १, नेपाल

प्रापक:
सुविन अधिकारी
जायन्ट अन्तर्राष्ट्रिय एयरपोर्ट, दोहा, कतार

५. दिइएको कार्यालयीय चिठी पढ्नुहोस् र त्यसको प्रत्युत्तर लेख्नुहोस्

प्रेषक:
सुदूरपश्चिम गाउँपालिका
भेरी, नेपाल

मिति: २०७८/०४/१२
प.स.: ०७८/०७९
च.नं.: ९५/०७८

प्रापक:
पाठ्यक्रम विकास केन्द्र,
सानोठिमी, भक्तपुर

विषय: शिक्षक अभिमुखीकरण तालिम सम्बन्धमा।

प्रत्युत्तर:
महोदय,
पाठ्यक्रम विकास केन्द्रद्वारा प्रस्तुत अभिमुखीकरण तालिम सञ्चालनको प्रस्ताव पाएकोमा हामी सुदूरपश्चिम गाउँपालिकाले हार्दिक आभार व्यक्त गर्दछौँ। गाउँपालिका भित्र रहेका १५ सामुदायिक विद्यालयबाट करिब १८० शिक्षकको सहभागितामा उक्त तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ। तालिमको विस्तृत कार्यक्रम र लागत विवरण पाउनुहुनेबित्तिकै सहयोगका लागि आवश्यक कदम चालिनेछ।

भवदीय,
………………
अध्यक्ष

खामको नमुना:

प्रेषक:
सुदूरपश्चिम गाउँपालिका,
भेरी, नेपाल

प्रापक:
पाठ्यक्रम विकास केन्द्र,
सानोठिमी, भक्तपुर, नेपाल

६. हावापानीको सारांश

बुँदाहरू:
१. नेपालमा पाँच प्रकारको हावापानी पाइन्छ।
२. तराई, भावर, चुरे र महाभारत आसपासमा ऊष्ण मनसुनी हावापानी पाइन्छ।
३. उच्च महाभारत र हिमालको तल्लो भागमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ।
४. उच्च हिमाली क्षेत्रमा ऋणात्मक तापक्रम हुने हिमाली हावापानी पाइन्छ।

सारांश:
नेपालमा पाँच प्रकारको हावापानी पाइन्छ – ऊष्ण मनसुनी, न्यानो समशीतोष्ण, ठण्डा समशीतोष्ण, शुष्क लेकाली र हिमाली हावापानी। तराई, भावर र चुरे पहाड आसपासमा ऊष्ण मनसुनी हावापानी पाइन्छ। महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ। उच्च हिमाली क्षेत्रमा ऋणात्मक तापक्रम भएको हिमाली हावापानी पाइन्छ।

७. भरपाईको नमुना

भरपाई

नेपाल प्रज्ञा प्रतिष्ठानबाट कालिका पुस्तकालय, रसुवालाई नेपाली भाषाको विकास र शुद्धताका लागि प्रदान गरिएको बृहत् नेपाली शब्दकोश (दुई प्रति) बुझिलिएको भरपाई निम्नानुसार तयार पारिएको छ।

बुझ्नेको नाम, पद, ठेगाना, हस्ताक्षर:

  • नाम: मनोज राई

  • पद: पुस्तकालय प्रमुख

  • ठेगाना: रसुवा, धुञ्चे

  • मिति: २०७८/०१/१०

  • हस्ताक्षर: ..............

८. तमसुकको नमुना

तमसुक

चितवन जिल्ला, भरतपुर नगरपालिका वडा नं. ८, कृष्णनगर बस्ने सञ्जय अधिकारी, पिता रामबहादुर, उम्र २५ वर्षले स्थायी ठेगाना काठमाडौं महानगरपालिका वडा नं. १२, नयाँ बानेश्वर बस्ने सुरेश थापा, पिता हरिहर, उम्र ४५ वर्षबाट रु. ७०,०००/- (सत्तरी हजार मात्र) आजै ऋण लिएको छु। वार्षिक १२% ब्याज बुझाउने र ५ वर्षभित्र सम्पूर्ण रकम चुक्ता गर्ने प्रतिज्ञा गर्दछु।

साक्षी:
१. रामकृष्ण पौडेल, चितवन जिल्ला, कृष्णनगर-८, उम्र २५
२. सूर्यप्रसाद थापा, काठमाडौं महानगरपालिका-१२, उम्र ४५

लेखक: सञ्जय अधिकारी
हस्ताक्षर: ..........

९. सम्झौता पत्र / करारनामाको नमुना

यो सम्झौता नेपाल माध्यमिक विद्यालय, पोखरा-५, पोखरा र मितेरी निर्माण कम्पनी, पोखरा-६ का प्रमुख श्री अमृत सापकोटा बीच तल उल्लेखित कार्यहरूको लागि भएको छ।

पहिलो पक्ष: नेपाल माध्यमिक विद्यालय, पोखरा-५, पोखरा
ठेगाना: पोखरा-५, गण्डकी प्रदेश, नेपाल
पद: प्रधानाध्यापक
नाम: रितेश भट्ट

दोस्रो पक्ष: मितेरी निर्माण कम्पनी, पोखरा-६, पोखरा
ठेगाना: पोखरा-६, गण्डकी प्रदेश, नेपाल
पद: प्रबन्ध निर्देशक
नाम: अमृत सापकोटा

सम्झौताका शर्तहरू:
१. दोस्रो पक्षले पहिलो पक्षको निर्देशन अनुसार नेपाल माध्यमिक विद्यालय, पोखरा-५ को पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ। भवन निर्माण कार्य विद्यालयले प्रदान गरेको लागत, विवरण र डिजाइन अनुसार, गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्दै सम्पन्न गर्नुपर्नेछ।
२. निर्माण कार्य गर्दा प्रचलित कानून, सुरक्षा नियम तथा स्थानीय निकायका निर्देशहरूको पूर्ण पालना अनिवार्य हुनेछ।
३. दोस्रो पक्षले भवन निर्माण कार्यको प्रगति सम्बन्धमा पहिलो पक्षलाई नियमित रूपमा प्रतिवेदन बुझाउनेछ।
४. कार्य सम्पन्न भएपछिको भुक्तानी, नगरपालिकाबाट प्राप्त रकम अनुसार, सम्पूर्ण कागजात पेश भएपछि ३० दिनभित्र नेपाल बैंकमा रहेको विद्यालयको खाता नं. १३२००००००५ मा पठाइनेछ।
५. कुल लागतको १०% बराबरको धरौटी रकम दोस्रो पक्षले नेपाल बैंक खाता नं. १३२००००००५ मा जम्मा गर्नु पर्नेछ। धरौटी रकम कार्य सम्पन्नपछि र कुनै दावी नरहेको प्रमाणित भएपछि फिर्ता गरिनेछ।
६. सम्झौता भंग गर्न चाहिने अवस्थामा कम्तीमा १५ दिन अगाडि लिखित सूचना दिइएको हुनुपर्छ।
७. सम्झौताको अवधि २०७९ साल वैशाख १ गतेदेखि २०८० साल चैत मसान्तसम्म एक वर्षको रहनेछ।
८. कुनै विवाद भएमा नेपालको स्थानीय अदालत वा मध्यस्थताका माध्यमबाट समाधान गरिनेछ।

दस्तखत:

पहिलो पक्ष: ......................................
नाम: रितेश भट्ट
पद: प्रधानाध्यापक
नेपाल माध्यमिक विद्यालय, पोखरा-५

दोस्रो पक्ष: ......................................
नाम: अमृत सापकोटा
पद: प्रबन्ध निर्देशक
मितेरी निर्माण कम्पनी, पोखरा-६

साक्षीहरू:
१. ........................................
२. ........................................

मिति: २०७९/ वैशाख १

१०. मन्जुरीनामाको नमुना

श्रीमान् वडाध्यक्ष,
पोखरा महानगरपालिका वडा नं. ५, पोखरा, गण्डकी प्रदेश, नेपाल

विषय: सार्वजनिक शौचालय निर्माणका लागि ढुङ्गा निकासी मन्जुरी सम्बन्धमा।

म, पोखरा महानगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा श्री रामकृष्ण अधिकारी, मेरो जग्गा नं. १२३४ मा रहेको ढुङ्गाखानीबाट सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक ढुङ्गा निकाली वडा कार्यालयको अनुमति प्राप्त गर्न चाहन्छु।

उक्त ढुङ्गा हाम्रो टोलको सार्वजनिक शौचालय निर्माण कार्यका लागि प्रयोग गरिनेछ र निकासी गर्दा पर्यावरण संरक्षण तथा सुरक्षा नियमको पूर्ण पालना गरिनेछ। वडाले मन्जुरी दिएपछि कुनै विवाद वा दावी नगरिनेमा म सहमत छु।

सम्बन्धित जानकारी:

  • ढुङ्गा निकालिने स्थान: मेरो निजी जग्गा नं. १२३४, वडा नं. ५, पोखरा

  • निकासी कार्यको प्रारम्भ मिति: २०७८/०८/२०

  • अनुमानित ढुङ्गा मात्रा: ५००० क्यूबिक फिट

  • कार्य सम्पन्न हुने समय: मिति अनुसार वा आवश्यकतानुसार

मन्जुरी माग्ने व्यक्तिको विवरण:
नाम: श्री रामकृष्ण अधिकारी
ठेगाना: वडा नं. ५, पोखरा
हस्ताक्षर: ....................................

साक्षीहरू:
१. ......................................
२. ......................................

मिति: २०७८/०८/१५

११. दिइएको विज्ञापनको नमुना पढ्नुहोस् र नमुनामा जस्तै कुनै पदको पूर्ति तथा कुनै सामानको प्रचारप्रसारका बारेमा एक एकओटा विज्ञापन लेख्नुहोस् :

(क) पदपूर्तिको विज्ञापन

श्री शिवानी माध्यमिक विद्यालय
आवश्यकतासम्बन्धी सूचना

(पहिलो पटक प्रकाशित मिति : २०७९/०२/१०)

उपर्युक्त सम्बन्धमा सूर्यपानी गाउँपालिकाको निर्णय अनुसार श्री शिवानी माध्यमिक विद्यालय, सूर्यपानी, रोल्पा मा.वि. तहको गणित विषय शिक्षक पद रिक्त भएकोले सो पदमा नयाँ शिक्षक नियुक्त गर्न यो विज्ञापन प्रकाशित गरिएको छ। इच्छुक नेपाली नागरिकले तल उल्लेखित बुँदाहरूको आधारमा दरखास्त दिनुहुन जानकारी गराइन्छ।

तपशिल:
१. आवश्यक पद : मा.वि. गणित शिक्षक
२. पद संख्या : १
३. दरखास्त दस्तुर : रु. १,२००/-
४. नियुक्तिको प्रकार : स्थायी शिक्षक
५. योग्यता : B.Ed./M.Ed. वा सो सरह गणित विषय लिएको
६. उमेर : १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
७. दरखास्त दिने अन्तिम मिति : २०७९/०२/२५
८. सम्पर्क मिति : २०७९/०२/२५ गते अपराह्न ५ बजे
९. परीक्षाको किसिम : लिखित र मौखिक
१०. तलव स्केल : मा.वि. तह तृतीय श्रेणी
११. आवश्यक कागजात : नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमति पत्र, निरोगिताको प्रमाण पत्र
१२. दरखास्त दिने स्थान : सूर्यपानी गाउँ कार्यपालिकाको कार्यालय, रोल्पा

....................
सुरेश थापा
प्रमुख प्रशासनिक अधिकृत

(ख) सामानको प्रचारप्रसार विज्ञापन

बजारमा नयाँ आयो!

नेपालमा आफ्नै खेती/बगैंचामा प्रयोग गर्न चाहिने उच्च गुणस्तरको जैविक मल र कम्पोस्ट माटो उपलब्ध छ। यस मल प्रयोग गरेपछि बालीमा अत्यधिक उपज र रोग प्रतिरोधक क्षमता बढ्छ।

उपयुक्त:

  • किसानहरू, बगैंचा माला गर्नेहरू

  • सरकारी/सहकारी कृषि कार्यक्रममा संलग्नहरू

सम्पर्क:
हरि कृषि पसल
भक्तपुर, नेपाल
फोन: ०१-५६७८९०१२
मो: ९८४९८ ०७८९०१

१२. शैक्षिक भ्रमण सम्बन्धी सूचना

श्री हिमालयन माध्यमिक विद्यालय
पोखरा-७, गण्डकी प्रदेश, नेपाल

मिति: २०७९/०१/०१

शैक्षिक भ्रमण सम्बन्धी सूचना

नयाँ वर्ष २०७९ का अवसरमा यस विद्यालयद्वारा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको लागि पोखरा उपत्यका भित्र एक दिने शैक्षिक भ्रमण कार्यक्रम आयोजना गरिने भएकोले सबै विद्यार्थीहरूले समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ।

सम्पर्कका लागि:
कार्यक्रम आयोजक: मीरा अधिकारी
फोन: ९८४९८ ०७८९०१

...................
प्रधानाध्यापक

द्रष्टव्य: कृपया जनवरी ५ सम्म सम्पर्क गरिसक्नुपर्ने छ।

१३. दिइएको बोलपत्रको नमुना पढ्नुहोस् र तपाईंको विद्यालयमा छात्रावास भवन बनाउनका लागि जारी गरिने बोलपत्रको नमुना लेख्नुहोस् :

श्री हिमालयन माध्यमिक विद्यालय
पोखरा-७, गण्डकी प्रदेश, नेपाल

छात्रावास भवन निर्माणसम्बन्धी सिलबन्दी बोलपत्र आह्वान सूचना

(प्रथम पटक प्रकाशन मिति : २०७९/०१/१५)

यस विद्यालयमा पोखरा महानगरपालिका वडा नं. ७ द्वारा विनियोजित रकमबाट छात्रावास भवन निर्माण गर्नुपर्ने भएकाले नेपाल सरकारबाट अनुमति प्राप्त निर्माण कम्पनीहरूले तल उल्लेखित सर्त अनुसार बोलपत्र पेश गर्न सक्नेछ।

१. बोलपत्र फाराम यस सूचना प्रकाशित भएको दिनदेखि ३० औं दिनसम्म विद्यालयबाट प्राप्त गर्न सकिनेछ।
२. खरिद गरिएका बोलपत्र फारामहरू पूर्ण भरी ३५ औं दिन दिनको १२ बजेभित्र विद्यालयमा उपस्थित भएर वा आवश्यक कागजातको स्क्यान गरी अनलाइन दर्ता गर्नुपर्नेछ।
३. बोलपत्रसँग सम्बन्धित कागजातहरू: नागरिकता, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाणपत्र आदि।
४. जमानत रकम: कुल लागतको १०% नेपाल बैंक खाता नं. १५००००००००१ मा जम्मा गर्नुपर्नेछ।
५. दर्ता भएका बोलपत्रहरू ३६ औं दिन दिनको ३:०० बजे खोलिनेछ।
६. सार्वजनिक बिदा परेमा अर्को कार्यालय खुल्ने दिन सोही समयमा खोलिनेछ।
७. बोलपत्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार विद्यालयमा सुरक्षित हुनेछ।
८. म्याद नाघेका बोलपत्र उपर कारबाही गरिने छैन।

....................
प्रधानाध्यापक

१४. दिइएका कार्यालयमा प्रयोग हुने टिप्पणी र आदेशको नमुना पढ्नुहोस् र तपाईं कुनै कार्यालयमा गई टिप्पणी र आदेशका थप नमुना खोजेर ल्याई त्यहीअनुसार टिप्पणी लेख्ने अभ्यास गर्नुहोस् :

टिप्पणी र आदेश नमुना

पूर्वाधार निर्माण तथा व्यवस्थापन कार्यालय
धरान, सुनसरी

मिति: २०७८/११/१०

टिप्पणी र आदेश

श्रीमान् कार्यालय प्रमुख

विषय: सडक मर्मत र पुल निर्माणका लागि दरभाउपत्र स्वीकृति सम्बन्धमा।

जिल्ला सुनसरी, धरान महानगरपालिका वडा नं. १० अन्तर्गत सडक मर्मत र पुल निर्माण कार्यका लागि २०७८/०८/१५ गते दरभाउपत्र माग गरिएकोमा पेस भएका दरभाउपत्रको विश्लेषण गर्दा सगरमाथा कन्स्ट्रक्सन, धरानले रु. ८,५०,०००/- (अक्षरेपि आठ लाख पचास हजार मात्र) लागतमा सबैभन्दा कम प्रस्ताव गरेको पाइयो। उक्त प्रस्ताव सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ (१) अनुसार स्वीकृत गर्न उपयुक्त देखिन्छ।

पेस गर्ने:
सही: ..................
दिपक अधिकारी

निर्णय तथा आदेश:

टिप्पणी अनुसार दरभाउपत्र स्वीकृत गरी निर्माण कार्य सम्पन्न गर्न कार्यादेश जारी गरियो।

सही: ..................
सिता गुरुङ
मिति: २०७८/११/१७
कार्यालय प्रमुख

कार्यालय टिप्पणी र आदेश (नयाँ नमुना)

पूर्वाधार निर्माण तथा व्यवस्थापन कार्यालय
विराटनगर, मोरङ

मिति: २०७८/११/०५

टिप्पणी र आदेश

श्रीमान् कार्यालय प्रमुख

विषय: दरभाउपत्र स्वीकृति सम्बन्धमा।

यस कार्यालयको स्वीकृत कार्यक्रमअनुसार जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. १२ अन्तर्गत पर्ने सडक मर्मत र पुल निर्माण कार्यका लागि दरभाउपत्र माग गरिएको थियो। यस कार्यालयको सूचीमा रहेका निर्माण कम्पनीबाट सात दिनभित्र दररेट पेश गर्न अनुरोध गरिएको थियो। सो अवधिभित्र प्रस्तुत भएका दरभाउपत्रहरू समीक्षा गर्दा तल उल्लेखित कम्पनीहरूले कबोल पेश गरेका थिए।

तपसिल

सि.न. निर्माण कम्पनीको नाम लागत अनुमान पेश गरेको कबोल अंक कैफियत
हिमाल कन्स्ट्रक्सन, बिराटनगर ९,००,०००/- ८,९५,०००/- -०.५५%
मोरङ निर्माण कम्पनी, विराटनगर ८,८०,०००/- ८,७५,०००/- -०.५६%
जनक निर्माण प्रा. लि., धरान ८,९५,०००/- ८,९०,०००/- -०.५५%

उपरोक्त कम्पनीहरूको तुलनात्मक अध्ययन गर्दा सबैभन्दा कम लागत प्रस्ताव गर्ने मोरङ निर्माण कम्पनी, विराटनगरले उक्त निर्माण कार्य रु. ८,७५,०००/- (अक्षरेपि आठ लाख पचहत्तर हजार मात्र) मा सम्पन्न गर्नेगरी कबोल अंक पेश गरेको पाइयो। उक्त अंक लागत अनुमान रु. ८,८०,०००/- (अक्षरेपि आठ लाख अस्सी हजार मात्र) भन्दा ०.५६% कम रहेकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम (१) अनुसार दरभाउपत्र स्वीकृत गरी उक्त कम्पनीलाई निर्माण कार्य सम्पन्न गर्न कार्यादेश दिन मनासिब देखिएको हुँदा आवश्यक निर्णायार्थ प्रस्तुत गरिएको छ।

पेस गर्ने:
सही: ..................
रामेश्वर श्रेष्ठ

निर्णय तथा आदेश

टिप्पणी मनासिब देखिएको हुँदा मोरङ निर्माण कम्पनी, विराटनगरलाई दरभाउपत्र स्वीकृत गरी सडक मर्मत र पुल निर्माण कार्य सम्पन्न गर्न कार्यादेश जारी गरिएको छ।

सही: ..................
सुमित्रा राई
मिति: २०७८/११/१०
कार्यालय प्रमुख

१५. दिइएको 'सम्पादकलाई चिठी' को नमुना पढ्नुहोस् र यस्तै कुनै समसामयिक समस्यामूलक विषयमा आधारित भएर सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन कुनै राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई चिठी लेख्नुहोस् :

सम्पादकलाई चिठी

मिति: २०७८/१२/२०

श्री सम्पादकज्यू,
नयाँ पत्रिका,
काठमाडौं, नेपाल

विषय: समाचार राखिदिन अनुरोध।

महोदय,
सुनसरी जिल्लाको धरान नगरपालिका–१० मा आगामी माघ १० गते जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धी शैक्षिक कार्यक्रम आयोजना हुँदैछ। उक्त कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक र वातावरणीय कार्यकर्ता सहभागी हुनेछन्। कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्ने र राष्ट्रिय स्तरमा चर्चा बढाउने अपेक्षा छ।

यस विषयमा कृपया तपाईंको पत्रिकामा समाचार राखिदिनुहुनेछ भन्ने अपेक्षा राख्दै विस्तृत विवरण संलग्न गर्दै पठाइन्छ।

भवदीय,
राजेन्द्र राई
अध्यक्ष, धरान वातावरण संरक्षण समिति

व्याकरण

१. उदाहरणअनुसार सरल वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् :

उत्तर :

सरल वाक्यमिश्र वाक्य
हावा चल्यो । जाडो भयो ।जब हावा चल्यो तब जाडो भयो ।
तिमी राम्रो पढ । तिमी सफल हुन्छौ ।राम्रो पढ्यौ भने सफल हुन्छौ ।
किताब बजारमा आयो । म किताब पढ्छु ।किताब बजारमा आयो भने म किताब पढ्छु ।
पानी पन्यो । बाटो हिलो भयो ।जब पानी पन्यो तब बाटो हिलो भयो ।
उसले परिश्रम गन्यो । उसले मिठो फल पायो ।जसले परिश्रम गर्यो उसले मिठो फल पायो ।
नेपाल सुन्दर छ । संसारलाई थाहा छ ।नेपाल सुन्दर छ भन्ने संसारलाई थाहा छ ।
वातावरण प्रदूषण बढ्छ । महामारीको खतरा हुन्छ ।जब वातावरण प्रदूषण बढ्छ तब महामारीको खतरा हुन्छ ।

थप उदाहरण :
सरल वाक्य मिश्र वाक्य
घाम चम्कियो। हिउँ पग्लियो। जब घाम चम्कियो तब हिउँ पग्लियो।
उसले अध्ययन गर्यो। उसले परीक्षा पास गर्यो। अध्ययन गरेपछि उसले परीक्षा पास गर्यो।
बजार खुल्यो। म किनमेल गरें। बजार खुलेपछि म किनमेल गरें।
पानी झर्यो। नदी बढ्यो। जब पानी झर्यो तब नदी बढ्यो।
उसले मेहनत गर्यो। उसले पुरस्कार पाए। जसले मेहनत गर्यो उसले पुरस्कार पाए।
काठमाडौं राम्ररी सफा छ। पर्यटकले देख्छन्। काठमाडौं सफा छ भन्ने पर्यटकले देख्छन्।
वायु प्रदूषण बढ्छ। स्वास्थ्य समस्या हुन्छ। जब वायु प्रदूषण बढ्छ तब स्वास्थ्य समस्या हुन्छ।

२. सरल वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस्

उत्तर :

सरल वाक्यसंयुक्त वाक्य
हावा चल्यो । जाडो भयो ।हावा चल्यो अनि जाडो भयो ।
म कविता लेख्छु । म गीत गाउँछु । म चित्र कोर्छु । म विद्यालयमा पढाउँछु ।म कविता लेख्छु गीत गाउँछु, चित्र कोर्छु र विद्यालयमा पढाउँछु ।
किताब बजारमा आयो । मैले किताब किने ।किताब बजारमा आयो र मैले किताब किने ।
पानी पन्यो । बाटो हिलो भयो ।पानी पन्यो त्यसैले बाटो हिलो भयो ।
उसले मह काढ्यो । उसले हात चाट्यो ।उसले मह काढ्यो अनि हात चाट्यो ।
तिमी सौराहा जाऊ । तिमी हात्तीमा चढ । तिमी जङ्गल घुम । तिमीले जङ्गलमा गैंडा देख्ने छौ ।तिमी सौराहा जाऊ, हात्तीमा चढ जङ्गल घुम अनि गैंडा देख्ने छौ ।
हामी नेपाली हौं । हामी स्वाभिमानी छौं । हामी स्वावलम्बी छौं । समृद्ध नेपाल र सुखी नेपाली चाहना हो ।हामी नेपाली स्वाभिमानी र स्वावलम्बी छौं तसर्थ समृद्ध नेपाल र सुखी नेपाली हाम्रो चाहना हो ।

थप उदाहरण :

सरल वाक्य संयुक्त वाक्य
घाम लाग्यो। फूल फुल्यो। घाम लाग्यो अनि फूल फुल्यो।
म चित्र बनाउँछु। म गीत लेख्छु। म नाटक गर्छु। म चित्र बनाउँछु, गीत लेख्छु र नाटक गर्छु।
बजार आयो। मैले किनमेल गरें। बजार आयो र मैले किनमेल गरें।
पानी पर्‍यो। बाटो हिलो भयो। पानी पर्‍यो त्यसैले बाटो हिलो भयो।
उसले आमाको हात समाते। उसले बधाई दियो। उसले आमाको हात समाते अनि बधाई दियो।
हामी नेपाली हौं। हामी सहयोगी छौं। हामी नेपाली हौं र सहयोगी छौं।

३. सरल वाक्यमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस्

धेरै पहिले हलेसी धाम रहेको ठाउँमा घना जङ्गल थियो । त्यहाँ अनेक जङ्गली जनावर थिए । किंवदन्तीअनुसार धेरै अगाडि हलेसी गैरीगुठका वाग्वंशी राई आफ्नो कुकुर र केही साथी लिएर सिकार खेल्दै हलेसी महादेव गुफाको छेउमा पुगेछन् । त्यो अनकन्टार जङ्गलमा एउटा सुन्दर मृग देखापरेछ । वाग्वंशीको कुकुरले त्यो मृगलाई लखेट्न लागेछ । वाग्वंशी पनि कुकुरका पछि दौडिँदै गएछन् । जाँदा जाँदा मृग र कुकुर दुवै जमिनभित्र हराएछन् । कुकुर भुकेको आवाज चाहिँ सुनिएछ । कुकुर चाहिँ नदेखिने भएछ । रात पनि पर्न लागेछ । वाग्वंशी घर फर्केछन् । वाग्वंशी खाना खाएर सुतेछन् । भोलिपल्ट उनी केही साथीसमेत भएर पुनः त्यही ठाउँमा आएछन् । कुकुरका पाइलाको डोब पत्ता लगाएछन् । उनीहरू झाडी फाँड्दै गएछन् । जमिनमुनि एउटा डर लाग्दो गुफा फेला पारेछन् । वाग्वंशीले जे त पर्ला भनेछन् । साथीको सहयोगमा डोरीको सहायताले गुफाभित्र हाम फालेछन् । गुफाभित्र पुग्दा त झिलिमिली उज्यालो रहेछ । त्यहाँ त शिवपार्वती आफ्ना प्रमथगणसहित आनन्दले बसेका रहेछन् । वाग्वंशीले शिवपार्वतीलाई प्रणाम गर्छन् । वाग्वंशी गुफाबाहिर आएछन् । त्यसपछि त्यस गुफाको प्रचारप्रसार भएछ । थुप्रै मानिस भेला भएछन् । उनीहरूले गुफाभित्र छिर्ने बाटो बनाएछन् । उनीहरू भित्र गएछन् । भित्र जाँदा त शिवपार्वती अन्तर्ध्यान भएका रहेछन् । त्यहाँ त उनीहरुका मूर्ति पो रहेछन् । त्यसपछि त्यहाँ शिवको पूजा आराधना गर्न थालिएको रहेछ ।

४. 'य' र 'ए' को प्रयोग भएका शब्द छुट्याउनुहोस्

उत्तर:

'य' प्रयोग भएका शब्दहरू:
वायु, अनुयायी, यही, यसो, यस, त्यस, योग्य, शिष्य, दृश्य, हास्य, कार्य, वाक्य, गद्य, पद्य, रमणीय, कर्तव्य, धैर्य, जय, वाणिज्य, सौर्य, सौन्दर्य, राष्ट्रिय, लायौँ, पढायौँ, मुख्य, मनुष्य, जलमय, अन्नमय, यज्ञ, भय, हिमालय, यता, यति, त्यस्ता, घायल, डायरी, डायल, कायल, बयर

'ए' प्रयोग भएका शब्दहरू:
एक, एघार, एकतिस, एकाउ, गए, एकता, एकाग्र, एकादशी, एकान्त, लाएँ, खाएँ, देखाएँ, पढाएँ, दिएँ, भए, लिए, दिएर, एकचालिस, एकसरो, गए, खाए, आए

Powered by Google Blogger | VIP

×